विराटनगर । विराटनगरका औषधी व्यवसायीहरूले मोरङको रंगेली नगरपालिका–३ बावुसाहेब टोलका अग्निपीडितहरूलाई राहत वितरण गरेका छन् ।
अग्निपीडितहरू बसेको ठाउँमा आइतबार व्यवसायीहरू पुगेर राहत वितरण गरेका हुन् ।
शनिबार दिउँसो विद्युत सर्ट भएर बावुसाहेब टोलका २० घर जलेका थिए । २८ परिवारका ११८ जना बिस्थापित भएका छन् । उनीहरु जलेको घरदेखि दक्षिणमा त्रिपाल टाँगेर बसेका छन् ।
अग्निपीडितको जीवनयापन कष्टकर भएको जानकारी पाएपछि विराटनगरका औषधी व्यवसायीहरू राहत लिएर पुगेका हुन् । उनीहरूले खाद्यान्न, झुल र स्कुल पढ्ने विद्यार्थीहरूको लागि स्टेसनरी लगायतका राहत सामग्री वितरण गरेको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष तथा शिवम् मेडिकल हलका सञ्चालक देशबन्धु ढकालले जानकारी दिए ।
राहत वितरणमा सेजल शैशवका सञ्चालक याम चौलागाईँ, न्युरो हस्पिटल फार्मेसी सञ्चालक प्रविण प्रधान, कलश फार्मका सञ्चालक बेदबहादुर थापा, इन भिजन ड्रग डिस्ट्रिब्युटर प्रालिका सञ्चालक सुशिम घिमिरे, रविन्द्र कोइराला, महेश मण्डल, रूपक काफ्ले लगायतले राहत सामग्रीका लागि सहयोग गरेको जनाइएको छ ।
View : 396
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved