विराटनगर । सत्यनारायण माध्यमिक विद्यालय विराटनगरले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवका अवसरमा उत्कृष्ट शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, पूर्वप्रधानाध्यापकहरू विद्यालयका कर्मचारीलाई सम्मान गरिएको छ ।
सम्मानित हुने अभिभावकहरूमा संजयप्रसाद साह, टिकाबहादुर लकाई, विजयकुमारी यादव, अम्बिकादेवी लामिछाने, दिलिप शर्मा लगायतका छन् । त्यसैगरी सम्मानित हुने शिक्षकहरूमा मन्दिरा घतानी, संगीता अधिकारी, सुमितकुमार ठाकुर, सौरभ चापागाईं, नेत्रप्रसाद फुयाल लगायतका छन् ।
विद्यालय व्यवस्थापन समितिका दिव्यराज कटेलको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयले फड्को मार्दै आएकोमा खुसी व्यक्त गरे ।
उनले प्राविधिक शिक्षामा जोड दिदै दक्ष जनशक्ति उत्पादन देशभित्रै हुनुपर्ने र रोजगारीको अवसर समेत देशभित्रै गर्न सरकारलाई आग्रह गरे । उनले आगामी शैक्षिक सत्र २०८१ देखि प्रत्येक मंगलबार विराटनगरका विद्यालयहरूमा बुक होलिडे गरिने जानकारी दिए ।
व्यवस्थापन समितिका पूर्वअध्यक्ष मदनकुमार श्रेष्ठ, तुलाराम गुरुङ, विद्यालयका पूर्वप्रधानाध्यापक विनयराज पाण्डे, नेपाल शिक्षक महासंघ विराटनगर महानगर अध्यक्ष बेदुकुमार खतिवडा लगायतले व्यवहारिक, प्राविधिक र सीपमूलक शिक्षामा जोड दिए ।
विद्यालयका पूर्वप्रधानाध्यापक धर्मानन्द खरेलले आगामी वर्षदेखि उत्कृष्ट विद्यार्थी र शिक्षकलाई प्रोत्साहन स्वरूप पुरस्कार दिने घोषणा गरे । त्यसैगरी विद्यालयका पूर्वप्रधानाध्यापक तुलाराम गुरुङले समेत शिक्षक, विद्यार्थी र कर्मचारीलाई आगामी वर्षदेखि ४० हजार बराबरको पुरस्कार प्रदान गर्ने घोषणा गरे ।
वार्षिकोत्सवका अवसरमा विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराई नेतृत्वको आदर्श मावि विराटनगरका प्रधानाध्यापक सन्तोष पोखरेल, गोग्राह माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद सिटौला, मिल्स माध्यमिक विद्यालयका प्रधानाध्यापक बिन्दुकुमार लावती लगायतले सत्यनारायण माध्यमिक विद्यालयले गरेको शैक्षिक विकास तथा गुणस्तरीय शिक्षाको प्रशंसा गरे ।
सत्यनारायण माध्यमिक विद्यालयमा १ हजार ९ सय ५४ विद्यार्थीहरू अध्ययनरत छन् । कक्षा ५ देखि कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालयमा दिवा सत्र र बिहानी सत्रमा पढाइ हुँदै आएको छ ।
View : 208
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved