Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

स्वास्थ्यमन्त्री थापाद्वारा कृत्रिम खुट्टा र ह्विलचेयर वितरण

उद्घोष सम्वाददाता
४ असोज २०८१, शुक्रवार

भक्तपुर, ४ असोज । संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गरेका छन् । 

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा यहाँ आयोजित ह्वीलचियर वितरण कार्यक्रममा मन्त्री थापाले निःशुल्क कृत्रिम खुट्टा एवं ह्विलचेयर वितरण गरेका हुन् ।

उनले नौवटा कृत्रिम खुट्टा र छ जनालाई ह्विलचेयर वितरण गरेका हुन् । कार्यक्रममा मन्त्री थापाले खुट्टा नभएकै कारण धेरै कष्ट भोग्नुपरेकाका लागि संविधान दिवसको अवसर परेर यस्ता सामग्री वितरण गरिएको बताए ।
    
मन्त्री थापाले भने, “सहयोग सानै भए पनि प्रयोग गर्नेका लागि ठूलो र जीवन जिउन सहज हुन्छ ।

कृत्रिम खुट्टा वितरणले उनीहरुको जीवन सहज हुने विश्वास लिएको छु, सामाजिक कार्य र स्वास्थ्यको विकासमा वागमती प्रदेश सरकार निरन्तर लागिरहन्छ ।”

मारवाडी सेवा समिति र धर्मशालालगायत सङ्घ संस्थाको सहयोगमा निःशुल्क शव वाहन सञ्चालन गर्ने र विभिन्न अस्पतालमा प्रति छाक ४० मा खाना खुवाउने तयारी भइरहेको उनले बताए ।

अस्पतालमा बिरामीलाई शुद्ध पिउने पानीका लागि प्रदेश अस्पतालमा चार लाख बराबरको ‘वाटर प्युरिफायर’ राख्ने तयारी भएको मन्त्री थापाले जानकारी दिए । रासस

View : 76

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved