Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

उद्‌घोष सम्वाददाता
२२ असोज २०८१, मङ्गलवार

काठमाडौँ, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ ।

आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।  रासस

View : 129

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved