सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका–६ स्थित साजिलाल माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थी सचिन रेग्मी र सभ्यता पोखरेल चीनमा आयोजना हुने १९औं शाङ्हाई अन्तर्राष्ट्रिय युवा अन्तरक्रियात्मक मित्रता शिविर कार्यक्रममा सहभागी हुन मनोनयन भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूलाई सो प्रतिष्ठित कार्यक्रमका लागि छनोट गरेको हो ।
सो अन्तर्राष्ट्रिय कार्यक्रमले विश्वस्तरमा सांस्कृतिक आदानप्रदान र मित्रताको प्रवद्र्धन गर्दै नेपाली युवाको क्षमता उजागर गर्ने अवसर प्रदान गर्ने उल्लेख गरिएको छ ।
प्रधानाध्यापक श्यामबाबु काफ्लेले आफ्ना विद्यार्थी सो कार्यक्रमका लागि छनोट हुँदा विद्यालय र विद्यार्थी दुबैका लागि गौरवको विषय भएको बताए ।
कार्यक्रममा सहभागी युवाहरूले विभिन्न सांस्कृतिक कार्यशाला, अन्तरक्रियात्मक गतिविधि, समूह छलफल तथा परम्परागत सांस्कृतिक प्रस्तुतिमा भाग लिने अवसर प्राप्त गर्नेछन् ।
साथै यसले उनीहरूलाई विश्वभरका नयाँ साथीहरू बनाउन, अन्तर्राष्ट्रिय अनुभव बटुल्न र आफ्ना देशको प्रतिनिधित्व गर्न महत्वपूर्ण मञ्च प्रदान गर्ने बताइएको छ ।
View : 308
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved