Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ढुङ्गेल समाजको भित्तेपात्रो निःशुल्क वितरण

उद्‌घोष संवाददाता
१ वैशाख २०८३, मङ्गलवार

विराटनगर । ढुङ्गेल समाज कोशीले नयाँ वर्ष २०८३ को भित्तेपात्रो निशुल्क वितरण गरेको छ । समाजले शुभकामना आदानप्रदान गर्दै भित्तेपात्रो निःशुल्क वितरण गरेको हो । 

समाजका संस्थापक अध्यक्ष गुणराज ढुङ्गेल, उपाध्यक्ष भूषण ढुङ्गेल, संरक्षक तथा अभिभावक राजन ढुङ्गेल लगायतले मंगलबार विराटनगरमा भित्तेपात्रो विमोचन गरेका हुन् । 

दशौं संस्करणका रूपमा प्रकाशित भित्तेपात्रो नेपालका सबै जिल्ला र विदेशमा समेत निःशुल्क वितरण गरिने समाजका सचिव पेशल ढुङ्गेलले जानकारी दिए । विशेषगरी गरिब तथा आर्थिक स्रोत कम भएका परिवारमा भित्तेपात्रो निःशुल्क वितरण गरिने उनले बताए । 

संस्थापक अध्यक्ष ढुङ्गेलले सामाजिक उत्तरदायित्व अनुसार अन्य सामाजिक कार्यमा पनि ढुङ्गेल समाजले सहयोग गरेको बताए । समाजका उपाध्यक्ष भूषण ढुङ्गेलले आगामी दिनमा अझ व्यापक रुपमा समाज सेवामा संलग्न हुन ढुङ्गेल बन्धुजनलाई आग्रह गरे ।

View : 235

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved