Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

९३ औं संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीब्र

उद्घोष सम्वाददाता
७ भदौ २०८१, शुक्रवार

Advertisement

विराटनगर । विराटनगरमा यस पटक हुने ९३ औं संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीब्र पारिएको छ । रथयात्राको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा हेलिकप्टरबाट पुष्पबृष्टि गर्नेदेखि विज्ञापनमुक्त रथयात्रा बनाउनेसम्मको योजना रथयात्रा समारोह समितिले अघि बढाएको  हो ।

वि.सं. १९८८ मा युगल जोडी भगवान राधाकृष्णको पहिलो खटयात्रा निकालिएको थियो । यस वर्षको कृष्ट जन्माष्टमी २०८१ भदौ १० गते परेको छ । भदौ ११ गते विराटनगरमा रथयात्राको भव्य तयारी भइरहेको राधाकृष्ण रथयात्रा समारोह समिति विराटनगरले जनाएको छ ।

राधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रालाई भव्य बनाउन थप तयारी भइरहेको बताए । भदौ ११ गते अपरान्ह साढे ३ बजेदेखि विराटनगर–२ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निस्किने जनाइएको छ । रथ मेनरोड हुँदै रोडशेष चोक पुग्ने र त्यहाँबाट महेन्द्रचोक हुँदै बरगाछी पुगेर पुनः तिनपैनीस्थित राधाकृष्ण मन्दिरसम्म ९ किलोमिटर यात्रा गरेर विसर्जन गर्ने तयारी रहेको अध्यक्ष रेग्मीले बताए ।

रथलाई ४३ स्थानमा रोकिने जनाइएको छ । रथयात्रालाई सफल बनाउन कोशी प्रदेश सरकारको सहयोगमा हेलिकप्टरबाट पुष्प बृष्टि गर्न आवश्यक प्रक्रिया अघि बढाएको अध्यक्ष रेग्मीले बताए । उनले रथयात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

रथयात्रालाई भव्य र व्यवस्थित बनाउन विराटनगर महानगरपालिका, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, उद्योगी व्यापारिक प्रतिष्ठान लगायतका विभिन्न क्षेत्रका सरोकारवालाहरूले सहयोग गरिरहेको बताए ।

रथयात्रालाई मर्यादित बनाउन विगतमा गरिदैं आएको तीब्र व्यापारिक प्रचार प्रसार यस पटक रोक्ने तयारी गरिएको छ । अध्यक्ष रेग्मीले रथयाक्राका त्रममा विभिन्न कम्पनीहरूको भेष्टहरू लगाउने र ठूल्ठूला बोर्डहरू देखिने गरेकोले त्यसलाई यसपटक रोक्ने प्रयास गरिरहेको बताए । 

रथलाई विभिन्न २२ स्थानमा रोकेर झाँकी प्रदर्शन गर्ने जनाइएको छ । रथयात्राको प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाइदैछ । जसको लम्बाई २२ फिट रहेको छ भने चौडाइ १४ फिट र उचाई १८ फिट रहेको छ ।
आयोजक समितिले यस पटक नेपाल र भारतका गरी सात लाख भक्तजनहरूले रथयात्रा अवलोकन गर्ने अनुमान गरेको बताएको छ ।

View : 203

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved