विराटनगर । मोरङको कटहरी–२ स्थित जीवन विकास लघुवित्त वित्तीय संस्था र बाँकेको कोहलपुरस्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ ।
जीवन विकास र युनिक नेपालबीच एक आपसमा गाभिने (मर्जर) सम्झौता भएको हो । सम्झौता पत्रमा जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरीले हस्ताक्षर गरेका छन् ।
जीवन विकासले १६० शाखा कार्यालयमार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा ३ लाख १५ हजार बढी सदस्यलाई लघुवित्त सेवा प्रवाह गर्दै आएको छ ।
त्यस्तै, युनिक नेपाल लघुवित्तले पश्चिम नेपालमा १० जिल्लाका ४१ शाखाबाट ८० हजार बढी सदस्यलाई लघुवित्त सेवा प्रवाह गर्दै आएको जनाइएको छ ।
दुई लघुवित्तको मर्जरपछि पूर्वीको झापादेखि पश्चिमको कञ्चनपुरसम्म एउटै नामबाट वित्तीय कारोबार हुनेछ ।
मर्जरपछि संस्थाको पूँजीगत आधार सेवा क्षेत्र थप बलियो हुने जनाइएको छ ।
मर्जर प्रक्रिया अघि बढेसँगै नेपाल धितोपत्र बोर्डको व्यवस्था बमोजिम दुवै संस्थाका आधारभूत शेयर कारोबार रोक्का भएको छ ।
संस्थाको आगामी साधारणसभा सम्पन्न नभएसम्मका लागि दुवै लघुवित्तका शेयरधनीहरुको शेयर कारोबार पनि रोक्का हुनेछ ।
View : 83
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved