Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

तोलामा २० हजार ५०० ले बढ्यो सुनको मूल्य, प्रति तोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम

उद्‌घोष संवाददाता
१७ जेठ २०८३, आइतवार

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० ले बढेको हो ।

गत शुक्रबार दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदीको मोल पाँच हजार ३४५ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

View : 91

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved