Biratnagar, Morang, Nepal
१५ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

सुन्दरहरैंचामा रुखमुनिको गन्थन मन्थन

उद्‌घोष सम्वाददाता
१४ माघ २०८१, सोमवार

Advertisement

सुन्दरहरैंचा । सुन्दरहरैंचा–१० को बागझोडामा नेपाली कांग्रेसका नेताहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ । 

बीपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैंचाले आयोजना गरेको ‘रुखमुनिको गन्थन मन्थन’ मा सुन्दरहरैंचा नगरपालिका भित्रका काग्रेस नेताहरूसँग आपसमा विषयगत छलफल चलाइएको थियो । ‘रूखमुनिको गन्थन मन्थन’ मा पूर्वमेयरदेखि पालिका सभापतिसम्म सहभागी भएका थिए । 

नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा प्रचार विभाग प्रमुख बाबुराम कोइराला, सुन्दरहरैंचा नगरपालिकाका पूर्वप्रमुख शिवप्रसाद ढकाल,  नोपली कांग्रेस मोरङ सचिव ललितबहादुर श्रेष्ठ, सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौला र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नगर सभापति अमृता लिम्बू वक्ताको रूपमा मञ्चमा थिए ।

कोइरालाले ‘राजनीतिमा युवा सहभागिता, राजनीतिक महत्वकांक्षाका सीमाहरूको विषयमा आफनो धारणा राखे । श्रेष्ठले संगठन निर्माण कसरी र नेतृत्व पहिचानका आधारहरूको विषयमा सवाल उठाए । 

पूर्वमेयर ढकालले स्थानीय तहमा दलीय प्रतिनिधित्वको फाइदा÷बेफाइदा र दलको स्थानीय नेतृत्वसँगको सहकार्यको आवश्यकताको विषयमा अनुभव सुनाए । नगर सभापति सिटौलाले राजनीतिक योगदान र त्यागको मूल्याङ्कनको अवस्थाबारे चर्चा गरे । 

महासंघ सभापति लिम्बूले राजनीतिमा महिला सहभागिता, अवसर र चुनौतीको ऐतिहासिक विषयवस्तु राखेकी थिइन् ।

विनय बाह्रकोटी र मिराजजंग थापाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका मोरङ अध्यक्ष रन्जन ओझा, काग्रेस प्रदेश सहमहामन्त्री खड्ग फागो, महासमिति सदस्य लोकप्रसाद सङ्ग्रौला र नगर उपसभापति शिवनारायण चौधरीले टिप्पणी गरेका थिए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वाङले लोकतन्त्रलाई जीवन्त बनाउन यस्ता खाले संवाद र छलफलको महत्वपूर्ण भूमिका रहेको बताए । आपसी द्वन्द्व र असमझदारीलाई समाधान गर्न अन्तरक्रिया र संवादको भूमिका हुने भन्दै उनले बीपी अध्ययन प्रतिष्ठान मोरङ र सुन्दरहरैंचा नगर समितिलाई धन्यवाद दिएका थिए ।

View : 71

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved