Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

हवाई फायर गरी गाँजा नियन्त्रण

उद्‌घोष संवाददाता
३० साउन २०८१, बुधवार

Advertisement

सुनसरी, ३० साउन । सुनसरीको धरान उप-महानगरपालिका-१५ सेउती पुल स्थितमा हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ ।

हिजो अपरान्ह ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको प्रहरी टोलीलाई परबाट देख्नासाथ WB74S2531 नम्बरको भारतीय कारलाई सोही स्थानमा छोडेर चालक जंगलतर्फ भागेकोमा प्रहरीले लखेट्दै जाँदा समेत चालक नरोकिएपछि प्रहरीको टोलीले चाईनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको थियो ।

हवाई फायर गर्दा समेत चालक फरार रहेका थिए भने कार चेकजाँच गर्दा कारभित्र ५ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थाको १ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो । फरार भएका कार चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

View : 389

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved