विराटनगर । नेकपा संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशमा सरकार गठनका लागि तीन बुँदे सहमतिअनुसार कार्यन्वयन गर्न नेकपा इमान्दार रहेको बताएका छन् ।
उनले एमालेभित्रको आन्तरिक विवाद टुंग्याउन आग्रह गर्दै त्यसपछि तीन बुँदे सहमति अनुसार सरकार गठन गर्न नेकपा इमान्दार रहेको बताएका हुन् ।
‘अहिले एमालेभित्र देखिएको आन्तरिक अन्तर्विरोध तपाईँ टुंग्याउनुस्, तीन बुँदे सहमतिअनुसार एमालेको नेतृत्वमा कोशी प्रदेश सरकार बन्ने भन्ने सहमति भएको छ, त्यो सहमतिलाई कार्यन्वयन गर्ने कुरामा नेकपा इमान्दार छ’ उनले भने, ‘हामीले वहाँहरूलाई त्यै भनेका छौं, नेकपा तीन बुँदेमा प्रतिवद्ध छ र तीन बुँदे अनुसार अगाडि बढ्न चाहन्छौं ।'
कोशीमा एमालेभित्रको आन्तरिक विवाद भने समाधान हुन सकेको छैन । वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार सरकार छाड्न मानेका छैनन् ।
ओलीले कोशीमा कार्कीलाई राजिनामा गर्न लगाएर दलका उपनेता ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।
कार्कीले भने प्रदेशको स्थिरता र संविधानको कार्यन्वयनका लागि कोशीमा आफु नेतृत्वकै सरकारले निरन्तरता पाउनु पर्ने अडानमा छन् ।
उनले आफु संविधानको धारा १६८ को उपधारा (५) को सरकार भएकोले राजिनामा दिंदा संवैधानिक संकट उत्पन्न हुने दाबी गरेका छन् ।
View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved