Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

उद्‌घोष सम्वाददाता
६ असोज २०८१, आइतवार

काठमाडाैँ, ६ असोज । कपनको स्याल्पा गुम्बास्थित हिमालयन हेरिटेज रिट्रिटमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ ।

‘विश्वव्यापी शान्ति पर्व’ले विश्वव्यापी सद्भाव र अहिंसाको सशक्त सन्देशसहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको हो ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वव्यापी शान्ति अभयारण्य निर्माणका लागि सचेतना र समर्थन गर्न आयोजित कार्यक्रमले विश्वभरका शान्ति दुत, कूटनीतिज्ञ र सांस्कृतिक व्यक्तित्वहरुलाई एकै थलोमा सहभागी भएका थिए ।

कार्यक्रममा एकता र शान्तिको भावनालाई जोड दिने उद्देश्यले परम्परागत नेपाली नृत्य र नाट्य प्रस्तुतिसहित जीवन्त सांस्कृतिक प्रर्दशनहरु समेत प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा आध्यात्मिक गुरु श्याल्पा तेन्जिन रिन्पोछेले यस क्षणलाई सुपयोग गर्न र शान्तिलाई मौलिक जन्मसिद्ध अधिकारका रुपमा लिन आग्रह गरे ।

उनले शान्ति मानिको जन्मसिद्ध अधिकार भएको बताए ।

“हामी शान्तिलाई सामान्य रुपमा लिन्छौँ ।

एक पारस्परिक जिम्मेवार व्यक्तिको हैसियतमा हामी आफूलाई बुद्धिमान र परिष्कृत ठान्छौँ”, उनले भने, “यदि हामीले हरेक पल अर्को क्षण नभएको जस्तो गरी बाँच्ने प्रयास गरेनौ भने, हामीले शान्तिको वास्तविक अर्थ बुझेका छैनौ ।”  रासस

View : 110

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved