बिहीबार साँझ मतदान सम्पन्न भएपछि क्षेत्र नम्बर ६ अन्तरगत बुढीगंगा-१ को मतपेटिका बुझाउने तयारी गर्दै निर्वाचन कर्मचारीहरु । तस्वीर : उद्घोष
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत मोरङको क्षेत्र नम्बर ६ मा मतगणनाको तयारी भइरहेको छ ।
मतगणनाका लागि सर्वदलीय बैठक सुरु भइसकेको जनाइएको छ ।
क्षेत्र नम्बर ६ मा कांग्रेसका डा.शेखर कोइराला, एमालेका विनोद ढकाल र रास्वपाकी रुविना आचार्यबीच मुख्य प्रतिष्पर्धा हुने जनाइएको छ ।
मोरङ–६ का १४९ वटा मतदान केन्द्रमा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो । यो क्षेत्रमा १ लाख ३७ हजार ८३२ मतदाता कायम थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर ६ मा ६६ दशमलव २३ प्रतिशत अर्थात ९१ हजार २९२ मत खसेको जनाइएको छ ।
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved