Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सिंघानिया परिवारद्वारा विद्यालयलाई पङ्खा प्रदान

उद्घोष सम्वाददाता
२८ साउन २०८१, सोमवार

विराटनगर । विराटनगरका समाजसेवीद्वय राजेश सिंघानिया र मुकेश सिंघानियाले आफ्ना दिवङ्गत पिताको स्मृतिमा रंगेली-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडालाई १० थान पङ्खा प्रदान गरेका छन् ।

पिता जगदिशप्रसाद सिंघानियाको स्मृतिमा विद्यालयलाई उनीहरूले सोमबार पङ्खा प्रदान गरेका हुन् । विद्यालयका मावि शिक्षक देवीप्रसाद ढुङ्गेललाई सिंघानिया दाजुभाइले पंखा हस्तान्तरण गरेका छन् ।

प्रचण्ड गर्मीको समयमा विद्यार्थीको पठनपाठन नै प्रभावित हुने गरेका कारण पङ्खा प्राप्त भएपछि सहज हुने जनाइएको छ ।

पङ्खा उपलब्ध गराएको भन्दै विद्यालयले समाजसेवी सिंघानिया परिवारप्रति आभार प्रकट गरेको छ ।

विद्यालयमा हाल कक्षा १ देखि १० सम्म ५५० जना विद्यार्थीहरू रहेकोमा करिव ९० प्रतिशत विद्यार्थी गरिब, आदिवासी  जनजाति र दलित समुदायका रहेका छन् ।

प्राप्त भएको पङ्खा चाँडै जडान गरी पठनपाठनमा सहजता ल्याउने विद्यालयले जनाएको छ ।

View : 209

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved