Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशीको नेतृत्वमा अधिकारी

उद्‌घोष संवाददाता
२७ पुष २०८२, आइतवार

झिलझिले, झापा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले माधव अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। शनिबार झापाको झिलझिलेमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व टुङ्गो लगाएको हो।

नयाँ कार्यसमिति र पदाधिकारी

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम पोखरेल, प्रथम उपाध्यक्षमा गौतम शर्मा र द्वितीय उपाध्यक्षमा तीर्थराम भण्डारी चयन हुनुभएको छ। त्यसैगरी, सचिवमा सोम अधिकारी, सहसचिवमा सुरेन्द्र दाहाल र कोषाध्यक्षमा दिनेशकुमार पन्त चुनिएका हुन् ।

कार्यसमिति सदस्यहरूमा भोमादेवी पोखरेल, हिमाकुमारी घिमिरे, तीला भट्टराई, यतिराज पोखरेल, तेजनाथ अधिकारी, सविन चौलागाईं, प्रमोदकुमार विश्वास, युवराज निरौला, दिलबहादुर बस्नेत, नवीन रेग्मी, गौरीप्रसाद चौलागाईं र विवेक थापा छन् ।

सपथ ग्रहण र निर्वाचन प्रक्रिया

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक सञ्जीव सत्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । तीन सदस्यीय निर्वाचन समितिमा फडिन्द्रप्रसाद न्यौपाने र जीवनप्रसाद नेपाल सदस्य थिए भने महासंघका कोशी इञ्चार्ज मातृका शिवाकोटीको विशेष उपस्थितिमा निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो।

प्रतिवेदन पारित र उद्घोष दैनिक सम्मानित

साधारणसभामा कोशी प्रदेशका निवर्तमान अध्यक्ष जीवनप्रसाद नेपालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। सोही अवसरमा विराटनगरबाट प्रकाशित हुने 'उद्‌घोष दैनिक' लाई महासंघको गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गरी व्यवसायीको हकहितमा योगदान पुर्‍याएको भन्दै प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।

अधिवेशनमा महासंघका झापा अध्यक्ष विनोद सापकोटा, मोरङ अध्यक्ष दुर्गाप्रसाद घिमिरे लगायत कोशी प्रदेशका  जिल्लाका सभापतिहरूले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष माधव अधिकारीले आफ्नो कार्यकालमा कोशी प्रदेशका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूका समस्या समाधान र व्यावसायिक एकताका लागि प्रतिबद्ध रहने बताए ।

View : 340

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved