विराटनगर । झापाको विर्तामोडमा उद्योगी व्यवसायीहरूका लागि स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को सहकार्यमा मंगलबार अभिमुखीकरण गरिएको हो ।
स्टार्टअप तथा नवप्रवर्तन विज्ञ निरज खनाल र अनिल पराजुलीले उद्योग व्यवसाय क्षेत्रमा सफलता हासिल गर्ने उपाय, नवप्रवर्तनलाई अघि बढाउने माध्यम, सिर्जनात्मक उद्यम विकास लगायतका विषयमा आधारित प्रस्तुतीकरण गरेका थिए ।
मेची औद्योगिक करिडोरका स्थानीय तह र उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी कार्यक्रममा स्टार्टअप प्रवद्र्धनका सम्भावना र चुनौतीबारे स्थानीय तह र नीजि क्षेत्रका सहभागीहरूले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले छलफलबाट निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य बढेर जाने बताए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले व्यवसायिक नवप्रवर्तनको लागि छलफल अझ धेरै आवश्यक रहेको बताए ।
View : 237
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved