विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आमनागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूतिसहित मानव अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मानव अधिकार संरक्षण सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन सम्बन्धी परामर्श कार्यक्रमको मंगलबार उद्घाटन गर्दै उनले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन् हुन नदिने तर्फ सचेत रहन आग्रह गरे ।
त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानव अधिकार संरक्षण एवं सम्वर्द्धनमा प्रशासनले कुनै कमजोरी हुन नदिने उल्लेख गरे ।
सो कार्यक्रममा प्रशासनिक अदालतका पूर्व अध्यक्ष काशीराज दाहालले ‘आयोगको सिफारिश कार्यान्वयनको स्थिति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा आयोग स्थापना देखि हालसम्म १३ हजार उजुरी परेकामा एक हजार ६८८ फछ्र्यौट भएको र आयोगले सरकारलाई गरेको सिफारिशमा १३ प्रतिशत पूर्ण कार्यान्वय, ३४ प्रतिशत आंशिक र ५१ प्रतिशत कार्यान्वयन नभएको उल्लेख छ । रासस
View : 233
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved