विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विकास व्यवस्थापन तथा व्यावसायिक प्रवर्द्धन एकमहिने सेवाकालीन प्रशिक्षण सम्पन्न भएको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको तालिममा प्रतिष्ठानका निर्देशक सन्तलाल श्रेष्ठ र उपनिर्देशक हरिकृष्ण कोइरालाले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले प्रतिष्ठानले देशभरका स्थानीय पालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूलाई तालिम दिने गरेको जानकारी दिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले एकमहिने तालिमले कर्मचारीहरूमा निखारता आउनुका साथै सकारात्मक सोचको समेत विकास भएको उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरूका तर्फबाट रमेश कार्की, हीरा यादव, संजीव भट्टराई, सुनिता पौडेललगायतले आˆना अनुभव सुनाएका थिए ।
तालिममा महानगरपालिकाका अधिकृतस्तर छैटौं तहका ४१ जना कर्मचारीहरू सहभागी भएका थिए ।
View : 93
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved