विराटनगर । प्रताप आदर्श सेवा समूह–गणेश मन्दिरको २२ औं साधारणसभा शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले सचिव पदमबहादुर कार्कीद्वारा प्रस्तुत वार्षिक प्रगति र आगामी योजनाको प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले आजीवन सदस्यता शुल्क २ हजार १०० रुपैयाँ कायम गरेको छ ।
अध्यक्ष मार्सेलीले सामाजिक गतिविधि, टोलको पूर्वाधार विकासका क्षेत्रमा काम गरेको र धार्मिक गतिविधितर्फ गणेश पाञ्चायन मन्दिर, नवग्राहादी, अष्ट चिरिञ्जीवी मन्दिर र षष्टिका माताको पूजाका लागि आवश्यक सहयोग गर्दै आएको बताए ।
साधारण सभामा क्षेत्र नम्बर ४ का पूर्वसांसद अमनलाल मोदीसहित वरिष्ठ अधिवक्ता रमेश कोइराला, बाबुराम न्यौपाने, बलराम पोखरेल लगायतले शुभकामना दिएका थिए ।
संस्थाका सल्लाहकार किशोर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर पुडासैनीले धन्यवाद ज्ञापन गरेका थिए ।
View : 217
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved