Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

क्यानडा-नेपाल  एकदिवसीय क्रिकेट:

क्यानडा ४ विकेटले पराजित, अन्तिम खेल सोमबार

उद्घोष सम्वाददाता
२७ माघ २०८०, शनिवार

काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटको दोस्रो खेल पनि जितेर विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबारको दोस्रो एक दिवसीय खेलमा नेपालले क्यानडालाई चार विकेटले जितेको हो ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेटेको थियो । 

नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७ रनको योगदान गरे । देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रन जोडे । नेपालका लागि आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले नटआउ समान ९/९ रन जोड्दै खेल नेपालको पक्षमा पारे ।

एक दिवसीय सिरिजको दोस्रो खेलमा  नेपालका अनिल शाहले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो बनाए । उनले क्यानाडासँगकाे खेलमा १९ बलमा अर्धशतक पूरा गरे । आसिफ शेखको नाममा रहेको उक्त उक्त कीर्तिमानी २१ बलका लागि थियो ।

 यो जितसँगै नेपाल एक खेल अगावै सिरिज विजेता बनेको छ । एक दिवसीय सिरिजको पहिलो खेल पनि नेपालले जितेको थियो । अन्तिम एकदिवसीय खेल सोमबार हुँदैछ ।

टस जितेर ब्याटिङ रोजेको क्यानडाका लागि ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी कायम राखेका थिए । १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरेर साझेदारी तोडे । जोनसन पनि ६५ रनमा आउट भए ।

त्यसपछि क्रिजमा उत्रिएका क्यानडाका प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरेपनि ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिँदै क्यानडामाथि दबाव सुरु गरे ।

त्यो दवाव कायमै राख्न नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द र सोमपाल कामीले दिलाएको समान १ विकेट महत्वपूर्ण रह्यो । 

आजकै खेलबाट सूर्य तामाङ समेत आफ्नो एक दिवसीय करिअरको पहिलो विकेटको रेकर्ड बनाएका थिए ।

View : 270

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved