Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

किशोरी समूहको अध्यक्षमा पवित्रा

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

रंगेली । रंगेली नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूको पालिकास्तरीय समूहको अध्यक्षमा पवित्रा प्रधान चयन भएकी छन् । 

रंगेली–१ स्थित त्रिभुवन मावि गोहीगाडाको कक्षा ९ मा अध्ययनरत पवित्राको अध्यक्षतामा बुधबार २५ सदस्यीय पालिकास्तरीय समूह गठन भएको हो ।

समूहको उपाध्यक्षमा मिनील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी विकिता भारती चयन भएकी छन् । त्यसैगरी सचिवमा पब्लिक माविकी रिजाला खातुन, सहसचिवमा भानु इङ्लिस बोर्डिङ स्कुलकी ज्योती शाह र कोषाध्यक्षमा प्रगतिशिल माविकी सिर्जना तामाङ सर्वसम्मत चयन भएको जनाइएको छ ।

रंगेली नगरपालिकाकी उपप्रमुख भूमाकुमारी पराजुलीको उपस्थितिमा भएको भेलाले किशोरीहरूको स्वास्थ्य समस्या, बालविवाह, बालश्रमिक, चेलीबेटी बेचबिखन, लागू पदार्थ दुर्व्यसनी लगायतका सामाजिक समस्या तथा कुप्रथाविरुद्ध अभियानमूलक काम गर्ने जनाइएको छ ।

त्यसैगरी किशोरीहरूलाई आइपर्ने अन्य समस्याहरूलाई समाधान गर्नसमेत सक्रिय भूमिका निर्वाह गर्नेछ । 

नवगठित समितिको सदस्यहरूमा एलिसा चौधरी, आयुषा रिजाल, साक्षी राजवंशी, आँचल साह र जेनिशा भुजेल लगायत रहेका छन् ।

View : 297

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved