Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस संसदीय दलको सचेतकमा पालुङ्वा

उद्घोष सम्वाददाता
४ वैशाख २०८१, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको सचेतकमा प्रदेश सभा सांसद शोभा चेम्जोङ पालुङ्वा नियुक्त भएकी छन् ।

संसदीय दलका नेता उद्धव थापाले मंगलबार उनलाई दलको सचेतकमा मनोनित गरेका हुन् ।

पालुङ्वा कांग्रेसको संस्थापन समुहकी हुन् । उनी कांग्रेस संसदीय दलमा मोरङबाट समानुपातिक सांसद रहेकी छन् । 

दलका नेता थापाले प्रदेश सभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (२) बमोजिम संसदीय दलको सचेतकमा मनोनित गरिएको पत्रमा उल्लेख छ ।

View : 105

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved