Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

उद्‌घोष संवाददाता
१५ असोज २०८१, मङ्गलवार

Advertisement

गलकोट , १५ असोज ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउछन् ।

साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।

लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ ।

निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ ।

यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले  १० लाख ५० हजारको निगुरो बिक्री गरिन् । 

पुर्जाले भनिन्, “वन उपभोक्ता समिति, सङ्कलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा  एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौं ।”

पुर्जाले मात्रै यस वर्ष आठ लाख ५० हजार र माया पुनले  दूई लाख ५० हजारको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए ।

रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ ।

बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन् ।

बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा  ८० र खुद्रा प्रतिमुठा  १०० मा बिक्री हुने गरेको छ । रासस

View : 497

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved