Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

सिरीजंघामा अघिल्लो पटक ४ मतले हारेकी एमालेकी कुमारी सावादेन उपनिर्वाचनबाट निर्वाचित

उद्घोष सम्वाददाता
१७ मंसिर २०८१, सोमवार

विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा अघिल्लो पटकको निर्वाचनमा ४ मतले पराजित भएकी एमालेकी कुमारी सावादेनले उपनिर्वाचनबाट बदला लिएकी छन् ।

नेपाली कांग्रेसका दिलप्रसाद बोखिमसँग पराजित भएकी सावादेनले आइतबार सम्पन्न भएको उपनिर्वाचनमा जित हाँसिल गरेकी हुन् ।

उनले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्वि साउदेनलाई १०२ मतले हराएकी हुन् । सावादेनले ३५३ मत प्राप्त गरिन् । साउदेनले २५१ मत प्राप्त गरिन् । 

२०७९ मा वडाध्यक्ष जितेको कांग्रेस उपनिर्वाचनमा भने तेस्रो स्थानमा पुगेको छ । कांग्रेसका भीम कुमार लक्सम्बाले २१८ मत प्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ७ मत प्राप्त गरेका छन् । 

सिरीजंघाका निर्वाचित वडाध्यक्ष बोखिमले वैदेशिक रोजगारीका लागि हङकङ पुगेर राजिनामा पठाएपछि यहाँ उपनिर्वाचन भएको हो ।

View : 42

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved