विराटनगर । नेपाल सुनचाँदी व्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न माग गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यस्तो माग गरेको हो ।
चाँदी आयातसम्बन्धि वर्तमान व्यवस्थाले उद्योगी व्यवसायीको लागत बढेको र त्यसले प्रतिष्पर्धी क्षमता घटाएको अध्यक्ष शाक्यले बताए । उनले चाँदी आयातको सीमालाई खुल्ला गर्नुपर्ने बताए ।
हाल एक पटकमा ६० हजार डलरसम्मको सीमामा रहेर चाँदी आयात गर्न पाउने व्यवस्था रहेको छ । महासंघको प्रतिनिधीमण्डलले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्नुपर्नेमा जोड दिएको हो ।
गभर्नर अधिकारीले आफूले व्यवसायीहरुको मागलाई सकारात्मक रुपमा लिएको बताए ।
भेटका क्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फवाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य, प्रवक्ता मनोजकुमार साह, टेक्नोजया ज्वेलरी उद्योगको तर्फबाट उद्योगी दीपक मुन्द्रा लगायतको उपस्थिति रहेको महासंघका प्रवक्ता मनोज कुमार साहले जानकारी दिए ।
View : 396
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved