Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

साउन १७ मा एमाले महानगरको सवै वडामा अधिवेशन

उद्‌घोष संवाददाता
८ साउन २०८२, बिहिवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले साउन १७ गते सवै वडामा वडा अधिवेशन गर्ने निर्णय गरेको छ । 

महानगर कमिटीका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा बुधबार बसेको महानगर कमिटीको प्रथम सचिवालय बैठकले एकै दिन वडा अधिवेशन गर्ने निर्णय गरेको सचिव विज्ञान चापागाईंले जानकारी दिए । 

महानगर कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय अनुसार १९ वटै वडामा तेस्रो वडा अधिवेशन गर्न लागिएको उनले बताए ।

वडा अधिवेशन सम्पन्न गर्न वरिष्ठ अधिवक्ता गणेशराज लुइँटेलको संयोजकत्वमा अधिवक्ता डिल्लीराम घिमिरे, अधिवक्ता विश्वराम भट्टराई, अधिवक्ता महेश खड्का र महानगर कमिटी निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुकुमारी तामाङ सदस्य रहने गरी पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको जनाइएको छ । 

१९ वटै वडा कमिटीबाट सिफारिस भए बमोजिम हरेक वडामा तीन सदस्यीय वडा निर्वाचन समिति समेत गठन गरिएको सचिव चापागाईंले बताए । 

अधिवेशनबाट निर्वाचित वडा कमिटीका पदाधिकारीलाई साउन ३१ मा अभिमुखीकरण गरिने जनाइएको छ ।

बैठकले महानगर कमिटीको वार्षिक कार्ययोजना अनुसार साउन मसान्तभित्र महानगरका सवै जनप्रतिनिधिहरूले हालसम्म गरेको कामको प्रगति प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

सचिवालय बैठकले विराटनगरको डुबान नियन्त्रणका तत्कालिन, मध्यकालिन र दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन गर्न विराटनगर महानगरपालिकालाई ध्यानाकर्षण गराउने समेत निर्णय गरेको जनाइएको छ ।

बैठकमा नेकपा एमाले जिल्ला कमिटी मोरङका उपाध्यक्ष सागर थापाको प्रमुख आतिथ्यता एवं जिल्ला कमिटी सचिव सोमराज थापाको विशेष आतिथ्यता रहेको थियो ।

View : 630

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved