काठमाडौं । बैंकहरुले ब्याजदर घटाउँदा उत्साहित कारोबारीले सोमबार पनि सेयर बजार उचालेका छन् ।
नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम १६ अर्ब रुपैयाँ नाघेको छ । नेप्से २१.७६ अंकले बढ्दै २८९२.७२ विन्दुमा रहँदा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका सबै समूहको सूचक हरियो भएको छ । लघुवित्त सर्वाधिक १.९३ प्रतिशतले बढेको छ। यस्तै अन्य १.८४, निर्जीवन बीमा १.२७ र विकास बैंक १.४२ प्रतिशतले बढेको छ ।
९६ कम्पनीको सेयरमूल्य घट्दा तीन विकास बैंकका लगानीकर्ता बढी नोक्सानमा रहे ।
ग्रीन र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक ९.९६ प्रतिशतले घटेको छ ।
१५३ कम्पनीको सेयरमूल्य बढेको छ । थ्री स्टार हाइड्रोपावर ९.९९, ट्रेड टावर ९.९८, सान्भी इनर्जी ९.९८ र उन्नति सहकार्य लघुवित्त ९.४० प्रतिशतले बढेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै हिमालयन पुनर्बीमा कम्पनीको ७५ करोड २८ लाख, बुटवल पावर ५६ करोड ७९ लाख र फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको ५६ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसअघि आइतबार सेयर बजारमा ११ महिनायताकै सर्वाधिक कारोबार भएको थियो। नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ अंकमा रहँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
View : 271
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved