Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ मतगणना

फाकफोकथुम–२ मा डम्बरलाई भन्दा सुहाङलाई ४१ मतको अग्रता

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाको रुझान आउने क्रम सुरु भएको छ । 

फाकफोकथुम–१ मा १५२१ मत गणना सकिंदा १२३ मतले अग्रता कायम गरेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्का वडा नं. २ मा भने एमालेका सुहाङ नेम्वाङसँग ४१ मतले पछि परेका छन् । 

वडा नम्बर १ र २ को पछिल्लो मत परिणाम अनुसार खड्का र सुहाङको मतान्तर ८२ मात्रै छ । 

वडा नम्बर २ मा खड्काले ४८८ मत प्राप्त गरेका छन् । सुहाङले ५२९ मत प्राप्त गरेका हुन् ।  

त्यसैगरी वडा नं. १ मा कांग्रेसका खड्काले ६५७ मत प्राप्त गर्दा एमालेका सुहाङ नेम्बाङले ५३४ मत प्राप्त गरेका छन् । वडा नं. १ मा  पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी रहेको जनाइएको छ । 

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved