Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

लिट्मस केवल्सको पावर 'पार्टनर्स मिट'

उद्‌घोष संवाददाता
१२ साउन २०८२, सोमवार

विराटनगर । नेपालको वायर तथा केबल उद्योगको एक अग्रणी नाम लिट्मस इन्डष्ट्रिज लिमिटेडले आफ्नो तेस्रो पावर पार्टनर्स मिट २०८२ काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ । 

कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो ।

लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो ।

उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मान गरेको थियो । 

सो अवसरमा लिट्मसले श्रावण उत्सव अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।

View : 296

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved