विराटनगर । जेनजी समुहको नाममा भएको उग्र प्रदर्शनले राज्य प्रणालीका सवै अंग धरासायी हुँदा मुलुकको अवस्था असामान्य बनेको छ । असामान्य अवस्थालाई सामान्यतर्फ लैजानका लागि मुलुकको सवैभन्दा माथिल्लो सुरक्षा निकाय नेपाली सेना सडकमा उत्रिएको छ ।
उग्र प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि लुटपाटका घटना बढेको भन्दै सेना सडकमा ओर्लिएको हो ।
कोशी प्रदेशको राजधानी शहर विराटनगरसहित ठाउँठाउँमा सेना सडकमा देखिएको छ । विभिन्न जिल्लामा स्थानीय प्रशासनबाट कर्फ्यू आदेश जारी भइरहेका छन् ।
नेपाली सेनाले समेत आजै साँझ ५ बजेदेखि भोली बिहीबार विहान ६ बजेसम्म निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आजै साँझ ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्म अत्यावश्यक सवारी साधन (दमकल, एम्बुलेन्स, शव बाहन, स्वास्थ्यकर्मी) आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला धर्ना जस्ता कार्यहरु गर्न नपाउने गरी मोरङ जिल्लाभरी कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले आदेश उल्लंघन गरेमा कारवाहीको चेतावनी दिएका छन् ।
सडकमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पैदल र गाडीबाट नियमित पेट्रोलिङ गरिरहेको छ । सडकमा पुगेका मानिसलाई घर फर्काइरहेको छ ।
View : 468
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved