विराटनगर । तीजको अवसर पारेर नेपाल औषधि व्यवसायी संघ मोरङले विराटनगर–५ स्थित मानवसेवा आश्रममा बिहीबार शुभकामना आदानप्रदान तथा भोजन सेवा गरेको छ ।
संघका केन्द्रीय सदस्य प्रदिपकुमार दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशका उपाध्यक्ष सुविनध्वज श्रेष्ठ, मोरङ जिल्ला अध्यक्ष देशबन्धु ढकाल, कार्यक्रम संयोजक सरिता श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
सो अवसरमा आश्रमका महिलाहरुलाइ सिंगारका सामग्री वितरण गर्नुका साथै दिवा भोजन गराइएको थियो ।
तीजका गीतमा आयोजक तथा आश्रमका महिलाहरु नाचेर रमाइलो गरेका थिए ।
View : 526
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved