Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ मतगणना

डम्बरसँग निरन्तर मतान्तर घटाउँदै सुहाङ, पछिल्लो मतान्तर ४२

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको जारी मतगणना अन्तरगत तीनवटा वडाहरुको मतगणना सकिंदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्का र नेकपा एमालेका सुहाङ नेम्वाङको मतान्तर ४२ मा झरेको छ ।

वडा नम्बर १ मा १२७ मतले अग्रता कायम गरेका कांग्रेसका खड्का वडा नम्बर २ र ३ को गणना सकिंदा मतान्तर ४२ मा झरेको हो ।

वडा नंं २ को गणना सकिंदा उनीहरुबीच ८२ मतको मतान्तर थियो । अहिले वडा नम्बर ३ को गणना सकिएको र मतान्तर ४२ मा झरेको जनाइएको छ ।

तीनवटा वडाहरुमा ४ हजार १८१ मत गनिसकेको निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ । 

जसमध्ये कांग्रेसका खड्काले १६४३, एमालेका सुहाङले १६०१, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेको जनाइएको छ ।

फाकफोकथुम–१ मा खड्काले ६५७ मत पाएका थिए ।

सुहाङ ५३४, थेगिमले १८७ र लिम्बुले ११५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वडा नम्बर २ मा कांग्रेसका खड्काले ४९८, सुहाङले ५३८ मत प्राप्त गरे । थेगिमले १२६ र लिम्बुले ९६ मत प्राप्त गरेका हुन् ।

इलाम २ मा १९ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । आइतबार दिउँसो १२ बजेदेखि मतगणना सुरु भएको हो ।

View : 74

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved