विराटनगर । सुनसरी र भोजपुरबाट प्रहरीले नियन्त्रित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा आइतबार राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधि ट्रामाडोल ९ सय ५० क्याप्सुल, स्पास्पेन १ हजार ३ सय ५० चक्की र डिकोलिक ७० चक्की सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान–१५ का २२ वर्षीय गौरव चौहान, २० वर्षीया स्मृति राई, १८ वर्षीय सुजल सुन्दास, २२ वर्षीय युगल राई, धरान–१७ का १९ वर्षीय विशेष राई र खोटाङ घर भई धनकुटा बस्दै आएकी २४ वर्षीय निरु राई छन् ।
त्यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका–१ बाट डिकोलिक ५० र ट्रामानिल ५० चक्की सहित धरान–१६ का २४ वर्षीय रोहन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय घोडेटारले पक्राउ गरेको छ ।
View : 49
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved