Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

बीपीमा जलनको उपचार हुने

उद्घोष सम्वाददाता
८ कार्तिक २०८१, बिहिवार

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जलेका विरामीहरूको उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी गरेको छ । 

आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका विरामीहरूको उपचारका लागि प्रतिष्ठानले छुट्टै भवनबाट वर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । 

वर्न सेन्टरको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको काम समेत अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ । 

सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको १ महिनाभित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए । 

स्वास्थ्य मन्त्रालयले सबै प्रदेशमा जलनको उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेपछि धरानमा पनि त्यसको तयारी थालिएको हो  ।  

नेपालमा बर्सेनि सानो र ठुलो गरी ४५ हजार मानिस जलनबाट प्रभावित हुने गरेको तथ्यांक छ । अहिले जलनको उपचार गर्ने अस्पतालहरू राजधानी केन्द्रित मात्र छन् । 

जलनको उपचारलाई जटिल मानिन्छ । त्यसमाथि प्रदेशका अस्पतालहरूमा जनशक्ति र पूर्वाधारको अभाव हुँदा जटिल उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ । 
धरानमा यो सेन्टर सञ्चालनमा आएपछि जलेका विरामीहरूले उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

View : 161

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved