Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ५७ हजार क्युसेक, पुलमाथिबाटै बग्न थाल्यो पानी

उद्‌घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

विराटनगर । सप्तकोशी नदीमा जल सतह उच्च भएपछि पुलमाथिबाटै पानी बग्न थालेको छ । केही समयअघिको मापन अनुसार कोशीमा पानीको बहाव ५ लाख ५७ हजार क्युसेक पुगेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । 

‘कोशीमा जलसतह लगातार बढ्ने क्रममा देखिएको छ’, एसपी रेग्मीले भने ‘अहिले कोशी ब्यारेजको पुलमाथिबाट पानी बग्न थालेको छ । हामीले यातायात र पैदल यात्रुलाई पनि हिंडडुलमा रोक लगाइसकेका छौं ।’

सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । 

शनिबार बिहानैदेखि बढ्न थालेको सप्तकोशी नदीको बहाव लगातार उकालिँदै गएपछि स्थानीय प्रशासनले सप्तकोशी पुलबाट हुने आवतजावतमा शनिबार चार बजेदेखि रोक लगाएको हो ।

शनिबार सप्तकोशीमा पानीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको कोशी ब्यारेज प्रशासनले जानकारी दिएको छ ।

शनिबार दिउँसो १२ बजे सप्तकोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको थियो । ३ बजेपछि बढेर ५ लाख २१ हजार पुगेको पानीको वहाव अहिले साढे पाँच लाखभन्दा बढी भइसकेको जनाइएको छ ।

यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ जलसहत क्युसेक रेकर्ड भएको थियो ।

अघिल्लो वर्ष सप्तकोशीमा सबैभन्दा बढी ४ लाख ४० हजार क्यूसेक बहाव पुगेको थियो । सन् १९६८ मा भने कोशी व्यारेजमा पानीको बहाव ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।

View : 207

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved