काठमाडौँ, १८ असार । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।
आजको कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो ।
आजको कारोबारमा विभिन्न तीन सय १५ कम्पनीको एक करोड १६ लाख ४५ हजार नौ सय पाँच कित्ता शेयर ६० हजार सात सय २० पटक खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन तीन दशमलव ३०, व्यापार तीन दशमलव १२ र बैंकिङ तीन दशमलव ०३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक दुई दशमलव ०१, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव ०९, जलविद्युत् एक दशमलव ८०, लगानी दशमलव ३१ र जीवन बीमा दुई दशमलव १७ प्रतिशतले बढेको छ ।
लघुवित्त एक दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बीमा दुई दशमलव ४३ र अन्य समूह एक दशमलव ७३ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टलरी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ ।
शेयर मूल्य घट्नेमा भने सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको छ दशमलव ४६ र हिमालयन ऊर्जा विकास कम्पनीको छ दशमलव २१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु १२ करोड ३३ लाख ८५ हजार पाँच सय ६९ र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर शेयर तीन लाख ६६ हजार पाँच सय कित्ता शेयर किनबेच भएको छ ।
View : 398
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved