काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरूको उपस्थितिमा शाओमीले आˆनो रेड्मी नोट १३ सिरिजअन्तर्गत रेड्मी नोट १३ प्रो + फाइभजि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।
ती तीनै मोडेलहरूमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउने कम्पनीले दावी गरेको छ ।
रेड्मी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आˆनो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
सो अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘ग्राहकहरूलाइै अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं, शाओमीको प्रतिबद्धता सरल छ, हामी हाम्रा सबै ग्राहकहरुलाई उच्च गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौं ।’
View : 653
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved