विराटनगर : विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा भएका गतिविधिको समीक्षा गरेको छ ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली तथा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको समीक्षा गोष्ठीमा विभिन्न महाशाखा र शाखा प्रमुखहरुले एक वर्षको अवधिमा आˆनो शाखा महाशाखाले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनीहरुले आफ्ना महाशाखा र शाखा नीतिगत समीक्षा, कार्यान्वयन गर्दा देखा परेका समस्या र चुनौतीहरुसमेत जानकारी गराएका थिए ।
गोष्ठीलाई सम्बोधन गर्दै मेयर कोइरालाले आगामी दिनमा अझै प्रतिफल प्राप्त हुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।
त्यस्तै उपमेयर कार्कीले महानगरले अघि सारेका नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न रणनीतिक योजनासहित प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिइन् ।
View : 268
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved