Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

तस्करीको शंकामा एक ट्रक सामान पक्राउ

उद्‌घोष सम्वाददाता
२१ फागुन २०८१, बुधवार

विराटनगर । भारतबाट तस्करी गरेर ल्याएको सामान रहेको आशंकामा प्रहरीले विराटनगर–१७ आईसीपी रोडबाट एक ट्रक सामान नियन्त्रणमा लिएको छ ।

विराटनगर भन्सारमा नयाँ प्रमुख उमेश श्रेष्ठ हाजिर भएकै दिन पास भएर आएको सामान नियन्त्रणमा लिएर कारवाहीका लागि प्रहरीले राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ । 

भन्सार अधिकृत सरिता ढकालले जाँच गरेर पास गरेको सामानमा कैफियत भएको प्रहरीलाई सूचना आएको थियो ।

प्रहरी स्रोतका अनुसार भारतमा ट्रकमा हाली ल्याइएका बिभिन्न सामान मध्ये आधा भन्दा बढीको बील नभएको सूचना आएको थियो । 

स्रोतले दिएको सूचनाका आधारमा प्रहरीले यूपी ८७, ९१८१ नम्बरको ट्रक रोक्न सोमबार बेलुका सडकमा घेरा हालेर बसेको थियो । 

४५ लाख रुपैयाँ अनुमानित न्युनतम मूल्य रहेको सो सामान अजय राय नामका भन्सार एजेन्टका प्रतिनिधिले नेपाल भित्र्याएको बताइएको छ ।

ट्रकमा कस्मेटिक, भिटामिन र औषधिजन्य वस्तुलगायतका सामान रहेको छ । 

ट्रक र सामानसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहम्मद अस्लमलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ । 

भारतबाट भन्सार छलीका सामानमा आयातमा भन्सारमा सहजीकरण गर्ने ब्यक्तिहरुको मात्रै नाम खुल्ने भएकाले लगानीकर्ता वा मालिकको पहिचान धेरैपछि मात्रै खुल्ने गरेको छ ।

View : 89

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved