Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ठूलो परिमाणमा गाँजा बरामद

उद्‌घोष संवाददाता
२१ असोज २०८२, मङ्गलवार

सुनसरी । कोशी गाउँपालिका–७ स्थितबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति १९ गते राति इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारीभित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाजा बरामद गरेको हो । 

गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

View : 291

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved