विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, डिग्री क्याम्पस विराटनगरको अध्यक्षमा राम पोखरेल चयन भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा लता पौड्याल निरौला, सचिव पवनकुमार यादव, कोषाध्यक्ष शालिकराम अधिकारी र सदस्यमा केदारनाथ निरौला छन् ।
संघको डिग्री क्याम्पसमा एकाईमा ४१ प्राध्यापक सदस्य छन् । सर्वसहमतिले नया“ पा“च सदस्यीय नेतृत्व चयन भएको हो । सो समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
प्राध्यापक राम पोखरेलको नेतृत्वमा क्याम्पसका प्राध्यापकहरूको हकहित र शैक्षिक उन्नयनका लागि महŒवपूर्ण कार्यहरू हुने अपेक्षा गरिएको छ ।
नया“ नेतृत्वले डिग्री क्याम्पस विराटनगरको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राध्यापकहरूको पेसागत सुरक्षा र हकहितका लागि सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । यसले समग्र क्याम्पसको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने देखिन्छ ।
View : 720
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved