Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज महिला नेतृ मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस

उद्घोष सम्वाददाता
१० भदौ २०८१, सोमवार

काठमाडौँ, १० भदौ । उपप्रधामन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पण गरेका छन् ।

मङ्गलादेवीको २८औँ स्मृति दिवसका अवसरमा उपप्रधानमन्त्री सिंहले आज बिहान शोभा भगवतीमा रहेको मङ्गलादेवीको सालिकमा माल्यार्पण गरेका हुन् ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको बताए । उनले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गरे ।

कार्यक्रममा मङ्गलादेवी फाउण्डेसनको अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको जनाउँदै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताए ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई नेपाल महिला सङ्घको स्थापना भएको थियो ।  रासस
 

View : 101

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved