Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

दुई लाख मूल्य बराबरको पटका नष्ट

उद्‌घोष सम्वाददाता
२१ कार्तिक २०८०, मङ्गलवार

सुनसरी : सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीले ठूलो परिमाणमा बिष्फोटक पदार्थजन्य पटका पक्राउ गरी नष्ट गरेको छ । सुनसरीका भारतीय सीमावर्ती क्षेत्रबाट बरामद गरिएको दुई लाख रुपैयाँ बराबरको बिभिन्न ब्राण्ड पटका सोमबार पत्रकार सम्मेलन गरी खाल्डोमा पुरी नष्ट गरेको हो । 

तिहार नजिकिएसँगै प्रतिबन्धित पटका भारतबाट अबैध रुपमा भित्रिन नदिन प्रहरीले थप सक्रियता बढाएको सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्वाहाम्फेले जानकारी दिए ।

दुई साताअघि पनि प्रहरीले इटहरीबाट दुई लाख मूल्य बराबरकै पटकासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–९ आहालेका  ३० बर्षीया सुनिता राईलाई नियन्त्रणमा लिएको थियो । राईले आˆनो कोठामा लुकाई राखेको अवस्थामा प्रहरीले उक्त पटका फेला पारेर बरामद गरेको थियो । 
 

View : 109

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved