Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

टिसीएलको दशैं–तिहार अभियानले ल्यायो उत्सवको रौनक

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर । नेपालका लागि टिसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिकले प्रतीक्षित ग्रेटनेस इन एभ्री मोमोन्ट, इन्पायर एभ्री सेलेबे्रसन नामक दशैं –तिहार अभियानको सुरुवात गरेको छ ।

यस विशेष योजना मार्फत टिसिएलले चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुसी दिने लक्ष्य राखेको छ ।

अभियान अन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २ सयसम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्नसक्ने छन् । 

यस योजनाका मुख्य आकर्षणहरूमा टिसिएलको साइट वाइ साइड रेफ्रिजेरेटरको खरिदमा निःशुल्क वाटर डिस्पेन्सर, टिसिएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटरजेन्ट, टिसिएल एयर कण्डिनेटरको खरिदमा निःशुल्क जडान सुविधा,४३ इन्च वा सो भन्दा ठूलो टिसिएल टिभीको खरिदमा ९ महिनाको नेट टिभीको निःशुल्क सदस्यता उपलब्ध हुने छ । 

यो अभियान भदौ १९ देखि सीमित अवधिका लागि नेपाल भरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुनेछ ।

View : 301

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved