Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

महानगरद्वारा ७६ श्रमिक सम्मानित

उद्‌घोष सम्वाददाता
२४ जेठ २०८१, बिहिवार

विराटनगर । प्रधानमन्क्री रोजगार कार्यत्रमअन्तर्गत सय दिने रोजगारीमा खटेका ७६ जना श्रमिकलाई विराटनगर महानगरले सम्मान गरेको छ ।

महानगरमा बुधबार आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले खादा लगाएर उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

उनीहरुलाई प्रधानमन्क्री रोजगार कार्यत्रमअन्तर्गत महानगरका १० वटा वडामा परिचालन गरी विभिन्न आयोजनाहरुमा खटाइएको थियो ।

नमुना रोजगार सेवा केन्द्रकी रोजगार सहायक सरस्वती साहका अनुसार वडा नम्बर ६ मा ८ जना, १० मा ७ जना, ११ मा ८ जना, १२ मा ८ जना, १३ मा ७ जना, १४ मा ८ जना, १५ मा ७ जना, १६ मा ८ जना, १८ मा ८ जना र १९ वडामा ७ जना खटिएका थिए ।

प्रधानमन्क्री रोजगार कार्यत्रममा खटिएका श्रमिकहरुलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराइएको थियो ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved