सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारबाट निषेधित तथा म्याद गुज्रिएको औषधि बिक्री वितरण गर्ने २ जना सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सो स्थानमा रहेको शुभेक्षा मेडिकलबाट नियन्क्रित तथा म्याद गुज्रिएको औषधिहरू बित्री वितरण भइरहेको भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार औषधि बिक्री गर्ने स्थानीय ५० वर्षीय विनय चौधरी निजकै २१ वर्षीया छोरी शुभेक्षा चौधरी तथा औषधि खरिद गर्ने बराहक्षेत्र नगरपालिका–८ का २१ वर्षीय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका–३ का २१ वर्षीय विधान राई पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले निषेधित विभिन्न औषधि र म्याद गुज्रिएको औषधि बरामद गरेको छ ।
View : 182
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved