विराटनगर । विराटनगर महानगरपालिका र बाल मन्दिर आधारभूत विद्यालयको संयुक्त आयाजनामा भएको महानगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुलले जितेको छ ।
एभरेष्टले ५९ जनालाई पछि पार्दै महानगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता जितेको हो ।
आदर्श स्कुल दोस्रो भयो भने मदन नगर आधारभूत विद्यालय तेस्रो तथा बूढानीलकण्ठ स्कुलले सान्त्वना पुरस्कार पायो ।
प्रथम हुने एभरेष्टले नगद २१ हजार र ट्रफी हात पारेको छ भने दोस्रो हुने आदर्शले १५ हजार, तेस्रो हुने मदननगरले १२ हजार र सान्त्वना हुने बूढानीलकण्ठले ६ हजार र ट्रफी हात पारेको छ ।
मंगलबारदेखि शुरु भएको हाजिरीजवाफ प्रतियोगितामा विराटनगरका निजी तथा सामुदायिक गरी ६० विद्यालय सहभागी भएको आयोजकले जनाएका छन् ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved