Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

कान्तिपुर माविमा भर्ना भएका ९०९ विद्यार्थीलाई अभिमुखिकरण सम्पन्न

उद्‌घोष संवाददाता
२२ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर–१० स्थित कान्तिपुर मावि (कलेज) को कक्षा ११ मा भर्ना यस बर्ष भर्ना भएका ९०९ जना विद्यार्थीहरूलाई शुक्रबार अभिमुखिकरण गरिएको छ । 

कान्तिपुरमा यस बर्ष विज्ञान संकायमा ३२६ जना, व्यवस्थापनमा ४२४ र होटल म्यानेजमेन्टमा १५९ जना विद्यार्थी भर्ना भएको जनाइएको छ ।

कान्तिपुर फाउण्डेशनका अध्यक्ष खुसीराज श्रेष्ठको अध्यक्षतामा विराटनगरको सिटी पार्टी प्यालेसमा आयोजित अभिमुखिकरणमा कक्षा ११ को प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने तथा जीपीए ४ ल्याएर कान्तिपुर मावि रोज्ने विद्यार्थीहरू सम्मानित भएका छन् ।

सम्मानित हुनेहरूमा विज्ञान संकायतर्फको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने ऐश्वर्य कुशवाहा, अजय कुमार यादव, श्रीयम श्रेष्ठ, सुर्यनारायण यादव, सुशान्त कुमार यादव, नितिश कुमार यादव, अमन राय, रोजेश अधिकारी, रुपेश यादव, स्वेन्सा भण्डारी, एन्जिला पोखरेल, श्रीजल साह, रुविना यादव, ज्योती कुमारी यादव, लिला थापा, यथार्थ पोखरेल, उपमराज निरौला, आदर्श घिमिरे र ओम प्रकाश साह रहेका छन् । त्यसैगरी विराटनगरकै विकेभिएभ स्कुलबाट जीपीए ४ ल्याएर कान्तिपुर मावि रोजेका विद्यार्थी आमोद काफ्लेलाई समेत सम्मानित गरिएको हो ।

व्यवस्थापन संकायतर्फ सुन्दर कुमार मण्डल, निकिता कुमारी साह, अशोक कार्की, जगत दाहाल, गोविन्द कार्की लगायतका विद्यार्थीहरू पनि सम्मानित गरिएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रकाश खरेलले कान्तिपुरको गुणस्तरीयतालाई रोजेर आउने विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै समाजका बहुआयमिक शैक्षिकमा सफलता हाँसिल गर्न शुभकामना दिए ।

उनले राम्रो शैक्षिक संस्थाका रुपमा स्थापित भएको कान्तिपुर माविमा पढ्न आफुलाई तयार गरेका विद्यार्थीहरूले भावी दिनमा नैतिकवान भएर शिक्षा आर्जन गर्न आग्रह गरे । 

उनले शिक्षा क्षेत्रको गुण्स्तरीयता जिपिए ४ ल्याएर मात्रै मापन नहुने भन्दै विद्यार्थीहरू बहुआयमिक क्षेत्रमा सफलता प्राप्त गर्नसक्नु चैं ठुलो उपलब्धि हुने धारणा राखे ।  

कान्तिपुर माविका प्रिन्सिपल भुवन नेपालले शैक्षिक नतिजा ल्याउनु मात्रै नभई असल र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम विद्यार्थी निर्माणमा आफु केन्द्रीत भएको बताए । 

उनले छोटो समयमै कान्तिपुर कलेजले ठुलो उपलब्धि हासिल गरिसकेको जानकारी दिंदै अहिलेसम्म २० जना बढि डाक्टर पास गरिसकेको दाबी गरे । त्यस्तै निजामतिमा पनि राम्रो पदमा पुग्ने विद्यार्थीहरू धेरै रहेको बताए ।

‘जीवनको यो सुनौलो समयलाई उपयोग गर्नुपर्छ’ विद्यार्थीहरूलाई प्रिन्सिपल नेपालले भने, ‘कान्तिपुर अतिरिक्त क्रियाकलापमा पनि अगाडि छ, सवैको निरन्तरको मेहेनतले आज सफलता मिलेको छ ।’

अभिमुखिकरणका अवसरमा कलेजको नीति नियम र शैक्षिक कार्यक्रमबारे जानकारी गराइनुका साथै, विद्यार्थीहरूले पनि गीत संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

View : 230

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved