विराटनगर । बिगत तीन वर्षदेखि सफल भइरहेको सनसिल्क दशैं भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै सनसिल्क अब सो अभियानलाई सनसिल्क भाइब्सको रूपमा प्रस्तुत गरेको छ ।
सो अभियान असोज ११ गतेदेखि सुरु भई मंसिरसम्म चल्नेछ । जहाँ सहभागीहरूले दशैंको उत्सवका क्षणहरू नभइ दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन् ।
जसले सनसिल्कको सारलाई झल्काउँछ । यसले सहभागीहरूलाई आफनो विशेष क्षणहरू—चाडपर्व होस् या दैनिकी—सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुनेछ ।
नेपाल भरका सहभागीहरूले आफनो माईहेयर, माईभाइब्स क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफना अनौठा सनसिल्क स्टाइलर भाइब्स देखाएर सो प्रतिस्पर्धामा भाग लिन सक्छन् ।
साथै उनीहरूल सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् ।
View : 58
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved